
Dr. Anoop Krishna gupta
Psychiatrist


भ्रम
मलाई मानसिक रोग लाग्न सक्दैन

भ्रम
मनोरोगी हुनु मतलब “पागल हुनु” ।

भ्रम
मानिसहरु आफ्नो मानसिक समस्याका बारेमा झुट बोल्दैछन्, वा आफु तिर अर्काको ध्यान तान्नको लागि मनोरोगी बन्ने नाटक गर्दैछन् ।

भ्रम
“मानसिक रोग लाग्नुले त्यस व्यक्तिको असफलतालाई दर्शाउँछ ।”

भ्रम
मनोचिकित्सकले उपलब्ध गराउने औषधी खराब हुन्छन् |

वास्तविकता
मानसिक रोग लाग्नु असामान्य होइन, यो रोग जोकोहीलाई पनि लाग्न सक्छ । विश्व स्वास्थ संगठनका अनुसार प्रत्येक ४ व्यक्ति मध्ये १ व्यक्ति मानसिक रोगबाट पिडीत हुन्छन् । मनोरोगका कारण संसार भर प्रत्येक ४० सेकेन्डमा १ व्यक्तिले आत्महत्या गर्छन् । कोभिड–१९ महामारीले मानिसहरुको मानसिक स्वास्थ्यमा थप प्रभाव पारीरहेको छ ।

वास्तविकता
कसैलाई मनोरोग हुनुको अर्थ यो होइन की त्यो व्यक्ति पागल भयो । यसको अर्थ यो हो की उसलाई जटिल लक्षणहरु भएको रोग लागेको छ– कसैलाई मधुमेह, उच्च रक्तचाप र संक्रमणका कारण रोग लागेको जस्तै । मनोरोगले तपाइको सोच्ने तरीकालाई बदल्न सक्छ, तपाइको मुडलाई छिन–छिन मै परीवर्तन हुने बनाउन सक्छ, वास्तविकतालाई तिरस्कार गर्ने बनाउन सक्छ तर यसको मतलब यो होइन की तपाइ “पागल” हुनुभयो । यसको मतलब यो हो की तपाइ एक मानव हो जसलाई रोग र विमारीको खतरा हुनु स्वाभाविक हो जस्तै की अरु कोही व्यक्तिलाई रोग लाग्ने जोखिम हुनु स्वभाविक हो ।

वास्तविकता
यदी कसैले शारिरीक विमारीको बारेमा झुट बोल्दैनन् भने मानसिक विमारीको बारेमा किन झुट बोल्थे ? मनोरोगका लक्षणहरु जोकोहीले ठम्याउन सक्दैनन् तर यसको अर्थ यो होइन की मानसिक स्वास्थ्य समस्या जस्तो केही कुरै हुँदैन । मानसिक समस्या भएका व्यक्तिहरुको पहिचान गर्न र तिनीहरुको अवस्थालाई बुझ्न चुनौतिपूर्ण हुनसक्छ तर यसको अर्थ यो होइन की उनीहरुको समस्या वास्तविक (साँचो) होइन ।

वास्तविकता
कुनै पनि अन्य रोग जस्तै मनोरोग पनि कसैलाई पनि हुनसक्छ । कुनै व्यक्ति अल्छी छ वा कमजोर छ, यस्ता कुराहरुको मनोरोग सँग केही सरोकार हुँदैन । वास्तवमा भन्नुपर्दा विभिन्न वातावरणीय र जैविक कारणले गर्दा मानसिक समस्याहरु उत्पन्न हुनसक्छ । मानसिक आघात वा दुर्व्यवहार, विगतमा परीवारका अन्य सदस्यमा वा आफन्तमा मानसिक समस्या हुनु, र जैविक कारणहरु जस्तै वंशानुगत समस्या, शारिरीक समस्या रोग वा घाउ–चोटका कारण मनोरोग निम्तिन सक्छ । समयमै सही उपचार पाएमा मानसिक रोगबाट पिडीत व्यक्तिहरुको अवस्थामा सुधार आउन सक्छ भने कतिपय मनोरोगीहरुलाई पूर्ण रुपमा निको हुनसक्छ ।

वास्तविकता
केही मानिसहरुले सोच्दछन् की मनोचिकित्सकले दिने औषधीले झन् नकारात्मक असर गर्दछ । केहीले यस्तो पनि सोच्दछन् की, त्यो मनोरोगीहरुलाई खुसी पार्नका लागि दिइएको “Happy Pills” हो र मानसिक समस्या भएका व्यक्तिहरुलाई उनीहरुको समस्याबाट भाग्नका लागि उपलब्ध गराइएको “एउटा सजिलो तरिका हो ।” तर यो सत्य होइन, मानसिक रोग भएका कतिपय व्यक्तिहरुलाई औषधीको आवश्यकता पर्छ, कतिपय मधुमेहका विरामीलाई इन्सुलिन लिने र उच्चरक्तचापका विरामीलाई एन्टीहाएइपरटेन्सिभ औषधी सेवन गर्ने आवश्यकता परेको जस्तै ।
